बाजुरामा चितुवाको आक्रमणबाट बालकको मृत्यु

(नेपाल क्राईम)

बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीले जानकारी दिए ।