राजावादी हिंसात्मक प्रदर्शनपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न जो सुकैलाई ठाउँको ठाउँ गोली हान्न आदेश

(नेपाल क्राईम)

काठमाडौंमा आज भएको राजावादी हिंसात्मक प्रदर्शनपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न जो सुकैलाई ठाउँको ठाउँ गोली हान्न आदेश दिएको छ। किलो वन भनी चिनिने काठमाडौं जिल्लाका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले मातहतका युनिटलाई त्यस्ता कार्यमा संलग्नलाई ठाउँको ठाउँ घुँडामुनि गोली हान्न आदेश दिएका हुन्।

प्रहरीको सञ्चार सेटमा अधिकारीले  भर्खरै जिल्लाभरका प्रहरी अधिकृतलाई अंग्रेजीमा घुँडामुनी गोली हान्ने अनुमति प्राप्त भैसकेको सूचना रिले गरेका छन्। राजावादीहरुले आज कोटेश्वर, तीनकुने,सिनामंगल क्षेत्रमा लुटपाट, आगजनी र तोडफोड गरेका छन्।

यस्तै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले पनि कर्फ्यु आदेश उल्लंघन गर्नेमाथि गोली प्रहारसम्मको आदेश प्रहरीले लिनु नपर्ने बताएका छन्।(रास्स)