राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने

(नेपाल क्राईम)

राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ ।

चैत १५ गते हुने प्रदर्शनलाई हेरेर थप सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनको आन्दोलत गर्ने तय भएको छ । आन्दोलनका कारण बिहानैदेखि उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।