सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान

(नेपाल क्राईम)

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साम्बाको पुरस्कार शुक्रबार प्रदान गरेका हुन्। हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा पुरस्कार लिन भने उपस्थित थिइनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको उक्त पुरस्कार लिन साम्बाका बुबा उपस्थित भएका थिए।