(नेपाल क्राईम) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ केजी ७४५ ग्राम सुनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तीनैजना उज्बेस्थानका नागरिकहरु हुन् । बुधबार राति उनीहरु फ्लाई दुबईको विमानमार्फत् काठमाडौं उत्रिएका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार महिलाहरुले मलद्वारमा लुकाएर सुन ल्याएका थिए । उनीहरुको शंकास्पद गतिविधिपछि प्रहरीले थप अनुसन्धान गर्दा सुन फेला परेको थियो ।