(नेपाल क्राईम)
कैलालीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको हो ।
प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत ती बालिकालाई ४४ वर्षीय गोपाल विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासुु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।