नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा

(नेपाल क्राईम)

नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिसमा केसीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो।

अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौदेखि नेपाली सेनाको एक रथी पद रिक्त थियो। दुई जना रथीको दरबन्दी रहेकोमा निर्मलकुमार थापा मात्रै कार्यरत थिए।

झण्डै दुई महिना रिक्त रहेको पदमा सिनियर उपरथी केसीलाई बढुवा गर्न सिफारिस गरिएको थियो। त्यसअघि सात दिने सूचना जारी गर्दै उजुरी गर्ने समय दिइएको थियो। तर कुनै उजुरी नपरेपछि बढुवा सिफारिस समितिले रक्षा मन्त्रालयमा बढुवाका लागि पठाएको थियो।